प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
परिचय

लागु औषध अपराधको रोकथाम तथा नियन्त्रण गरी लागु औषध दुर्व्यसन रहित समाजको निर्माण गर्ने उद्देश्यले मिति २०४९/०२/२४ गते “लागु औषध नियन्त्रण कानून कार्यान्वयन इकाई” को स्थापना भई मिति २०६९/०८/१४ गते नेपाल सरकार मन्त्री परिषदको निर्णयद्वारा प्रहरी नायव महानिरीक्षक प्रमुख रहने गरी “लागु औषध नियन्त्रण व्यूरो” (Narcotics Control Bureau) को रुपमा स्तरोन्नती भएको छ । हाल व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा लगायत तराईका ९ वटा जिल्ला स्थित सीमा नाकाहरु समेत गरी १५ वटा शाखा कार्यालयहरु रहेका छन् । लागु औषधको उत्पादन, संचय, ओसार–पसार, बिक्री–वितरणको नियन्त्रण तथा ला.औ. अपराध अनुसन्धान र कानून कार्यान्वयन गर्ने गराउने कार्यमा यस व्यूरोले केन्द्रीय निकायको रुपमा भुमिका निर्वाह गर्दै आएको छ । यस व्यूरोले लागु औषध (नियन्त्रण) ऐन, २०३३ ले व्यवस्था गरे अनुसार कार्य सम्पादन गर्दै आईरहेको छ भने संयुक्त राष्ट्रसंघ लागायत अन्य अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आईरहेको छ । 

यसको अलावा लागु औषध अपराधलाई प्रभावकरी रुपमा रोकथाम, न्यूनीकरण तथा नियन्त्रण गर्न यस सम्बन्धी कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वय गर्ने र आपूर्ति नियन्त्रणमा यस व्यूरोले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

 

लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्दको नारा

Slogan of Abuse Drugs